काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन रामवीर मानन्धरको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति आफू भएको उनको दाबी रहेको छ ।

उनि भन्छन् ,काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, । यो फोहोरमैला व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको मान्छे चाहिन्छ, त्यो भनेको म हो भन्ने मेरो दाबा छ ।’

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्