संसदीय चुनावमा उम्मेदवारी दिनेबारे रवि लामिछाने छलफलमा, भन्छन् -‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संसदीय चुनावमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा भइरहेको छ । उनले आफू संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको तर निस्कर्षमा नपुगेको बताए छन्  । विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा टुंगो लगाउने जानकारी दिएका  हुन्  ।

ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्दै केही अनलाइनले समाचार लेखेको प्रति प्रष्ट पार्दै उनले भने ‘अहिले लड्छु वा लड्दिन भनेर निधो गरिसकेको छैन, यति ठूलो डिसिजन गरेँ भने पहिले त म आफैं लेखिहाल्छु नि । अहिले आएका समाचार आधिकारिक होइनन् ।’ संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा थुप्रैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्