‘प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा संसद्को अनुमोदन हुनुपर्छ’ : डा रावल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य डा भीमबहादुर रावलले राष्ट्रिय प्राकृतिक स्रोत र साधनसँग सम्बन्धी सम्झौतामा संसद अनुमोदन हुनुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डका नाममा ठूला जलविद्युत् आयोजना बिना प्रतिस्पर्धा कुनै पनि कम्पनीलाई दिन नहुने धारणा व्यक्त गरे ।

सांसद रावलले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीको व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत हुनुपर्ने बताउँदै अमेरिकामा निकट भविष्यमै हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका बारेमा जानकारी गराउन सरकारसँग मागसमेत गरे । नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई कहीँकतैबाट पनि आघात पुयाउन नहुने उल्लेख गर्दै उनले परराष्ट्रसम्बन्धी गविविधि परदर्शीहुनुपर्नेमा जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्