समाजसेवी पुडासैनीले प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  समाजसेवी निरन्जन पुडासैनीले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन । २०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहेका पुडासैनीले राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाडौं क्षेत्र नं ३ बाट उम्मेद्वारी दिने तयारी गरेका हुन् ।

उनले क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै क्षेत्रको विकासका लागि स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिएका छन । पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्