मंगलबार ३६ दशमलव ०८ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३६।०८ अंकले घटेर १९९६।२५ बिन्दुमा पुगेको हो । कुल २३२ कम्पनीको ४१ लाख ४७ हजार २ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार माथिको सेयर कारोबार भएको छ ।

मंगलबार हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ६७ लाख १८ हजार १ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्