लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै, यस्ता छन् गौरवको योजना

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९ र ८० का लागि ४२ अर्ब बराबरको बजेट ल्याउने भएको छ । सरकारी स्रोतका अनुुसार चुनावलाई लक्षित गरी ४२ अर्ब बढीको बजेट आउन ल्याउन लागेको हो ।

सरकारले नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह : एक खेदकुद संरचना’, एक स्थानीय तह : एक नमुना उत्पादन, एक जिल्ला : एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह : एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशिलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र स् एक औद्योगिक ग्राम, बाइसे चौबिसे पर्यटकीय सर्किट, एक जिल्ला स् एक सांस्कृतिक ग्राम, एक घर एकधारा, कृषिको आधार : सिँचाइमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार : साथमा छ प्रदेश सरकार नारासहित गरिखाने कार्यक्रम ल्याएको छ । यी अधिकांश पुरानै हुन् ।

प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर रोल्पा सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ । गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४ ५ अर्ब कम आकारको बजेट आउने दाबी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्