बुधबार २९ दशमलव ८९ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६।३७ बिन्दुमा पुगेको हो । कुल २२९ कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोड १७ लाख ८५ हजार माथिको सेयर कारोबार भएको छ ।

बुधबार बलेफी हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १२ करोड ५७ लाख १४ हजार ६ सय ४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्