सडक डिभिजन पाल्पाले लगायो बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ । कार्यालयले एक सुचना जारी गर्दै आगामी तीन महिना सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा बाटोमा टिपर चलाउन रोकिएको हो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्