प्रधानसेनापति शर्माद्धारा सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध गरेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई समेत भनेको कुरा उनले बताएका हुन् ।

उनले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’ नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट समेत पारेका छन् । अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए ।

उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्