चिप्लिएर सहचालक खहरे खोलामा बेपत्ता, खोजीका लागि कुरिनटारको टोली परिचालन

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ । अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्