अनेरास्ववियुद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको हुन् ।

प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए छन् । नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्