सुधारका योजनालाई निरन्तरता दिइने मन्त्री कुँवरको प्रतिबद्धता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वय गर्ने कार्ययोजना स्वीकृत गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९-८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । अछाम चौरपाटी गाउँपालिका–४ साविक पायल गाविस–५ मा २०२३ साल भदौ ६ गते जन्मेका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्