बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रको दबाब, आफ्नो मन्त्रीहरु फिर्ता बोलाउने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री फेर्न सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाउन थालेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले दबाब बढाउन थालेका हुन् । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् ।

बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको भएपनि मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आनकानी गरेको भन्दै दबाबस्वरुप सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेले सहज रुपमा मुख्यमन्त्री फेर्न मार्ग प्रशस्त नगरे काँग्रेस र माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर दबाब बढाउने रणनीति अख्तियार गर्ने भएका छन् ।

यसबारे थप निर्णयको अधिकार संसदीय दलको नेतालाई दिइएको पनि उनले जानकारी दिए । प्रदेश सरकार परिवर्तनको चर्चा चलेसँगै मुख्यमन्त्री पाण्डेका अतिरिक्त काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ काठमाडौंमा शीर्ष नेताहरुसँग छलफलका लागि गएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्