आठ वर्ष लाग्दासमेत सकिएन सुपर दोर्दी ख आयोजनाको काम, असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य

Ad
  • कालोपाटी सम्बाददाता

लमजुङ । तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माणकार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ । वि।सं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी वि।सं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार वि।सं।२०७५ भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने थियो ।

निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै वि।सं २०७७ असारसम्म समयावधि बढाइएको थियो । सो अवधिमा निर्माण कार्यमा ढिलाइ भएपछि गत वि।सं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद थप्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । उक्त समयमा निर्माण सन्पन्न नभएपछि आगामी असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साईट इन्चार्ज रमेश सिग्देलले बताए । उनका अनुसार हालसम्म जम्मा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको २२७ मिटर ठाडो पाइप भर्टिकल साफ्ट खन्ने काम सकिएको छ । टनेल, पावर हाउसलगायत अधिकांश काम सम्पन्न भएको छ ।

साईट इन्चार्ज सिग्देलले भने, “डिफेण्डर बनाउने काम, इनक्लाप साफ्टको ४६३ मध्ये २०० मिटर पेनस्टक पाइप इनपोइन्टमा राख्न बाँकी रहेको र सुरुङमा माटो थुप्रिएको सफा गर्ने तथा फिनिसिङ गर्ने कार्य मात्र बाँकी रहेको छ । अबको एक महिनाभित्रमा डिफेण्डरको काम सम्पन्न गरिने छ ।” आयोजनाका अनुसार यतिबेला वर्षायाम भएकाले आयोजनाको ढुवानी गर्ने सवारी साधनलाई बाटोले समस्या बनाइरहेकाले समय बढी पनि लाग्न सक्ने भएको छ । करिब १० किलोमिटर सुरुङ मार्गमध्ये एक हजार ६०० मिटरको सुरुङ मार्गको भुइँको ढलान सम्पन्न भइसकेको र माथिपट्टिको काम भइरहेको छ । अर्को एक हजार ७०० मिटरको इनटेक सुरुङ र एक हजार ४०० मिटरको अर्को सुरुङको फिनिसिङ भइरहेको छ । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र भइसकेको छ ।

नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिँदै गएको हुँदा यतिका वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको इन्चार्ज सिग्देलको भनाइ थियो । कूल आठ अर्ब ८० करोडको लगानीमा निर्माण अघि बढाइए पनि थप लगानी बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ ।

उक्त आयोजनाबाट सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने ९पिपिए० सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यस आयोजनाबाहेक यस कोरिडोरमा निर्माणाधीन आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्