सरकारद्धारा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूहको गठन गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूहको गठन गर्ने भएको छ । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलबाट सर्वोच्च अदालतको आदेश अनुसार विज्ञ समूह गठन गर्ने भएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । निजगढ विमानस्थलसम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले सबैजसो क्षेत्रको विज्ञ समूह गठन गरी उक्त समूहको सुझाव अनुसार वातावरणको कम भन्दा कम क्षति हुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आदेश दिएको थियो । महानिर्देशक अधिकारीले सरकारले विज्ञ समिति गठन गर्ने र सोही समितिको प्रतिवेदनको आधारमा अघि बढ्ने बताएका छन् ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकार वातावरणको विषयमा सम्वेदनशील रहेको बताउँदै कम क्षतिमा विमानस्थल निर्माण गर्ने बताएका छन् । उनले निजगढमा नै विमानस्थल बनाउने विषयमा भने कसैको पनि दुई मत नरहेको दावी समेत गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्