सोमबार १८ दशमलव ३ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १८ दशमलव ३ अंकले बढेर २०२९ दशमलव ४३ बिन्दुमा पुगेको हो ।

कुल २११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड २९ लाख ६२ हजार माथिको सेयर कारोबार भएको छ । यस्तै आइतबार सेयर बजारमा सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यस्तै आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ३४ लाख ८१ हजार ५ सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्