ट्राफिक प्रहरीले गर्यो एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले एकैदिन उक्त संख्याको सवारी चालकलाई कारवाही गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक कारवाहीका परेका हुन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्