प्रतिनिधिसभा : संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले संरचना पुनःनिर्माण र निर्माणाधीन संरचना पूरा गर्न सरकारसँग माग गरेका हुन ।

सांसद् सीताराम महतोले बेमौसमी वर्षाका समयमा क्षति भए पनि किसानले क्षतिपूर्ति नपाएको बताएका छन् । गत वर्ष वर्षाका कारण सडक र पुल क्षति भएकामा पुल अझै बन्न नसकेको उनले औँल्याएका थिए । सांसद् बिमला विश्वकर्माले बेमौसमी वर्षाका कारण बालीनालीमा क्षति भएका नागरिकले क्षतिपूर्ति पाउनुपर्ने र क्यान्सर पीडित तथा मिर्गौलापीडितले सरकारले गरेको प्रतिबद्धताअनुसारको रकम नपाएको बताए । सांसद हरिराज अधिकारीले चितवनलाई गोरखा जोड्ने पुल पप्पु कम्पनीले अहिलेसम्म आठ दश प्रतिशत मात्रै काम गरेकाले चाँडो सम्पन्न गर्न माग गरे ।

सांसद सत्यनारायण खनालले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको अवस्था जटिल बन्दै गएको भन्दै त्यसको विषयमा गम्भीर हुन आग्रह गरे । सांसद शेरबहादुर तामाङले औद्योगिक क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा निजीकरण गरिएको उद्योगको अवस्थाको विषमया छानबिन गर्न माग गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्