बजेट प्रकरणमा मुछिएका रघुनाथ सम्पर्कविहीन !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो ।

मन्त्रालयको विज्ञ टिमले तयार पारेको बजेटमा हस्तक्षेप गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी गरिएको छ । तर, घिमिरे अहिलेसम्म नेपथ्यमै छन् । स्रोतका अनुसार अर्थमन्त्रालयभित्र भएको अवैध क्रियाकलापमाथि छानविन गर्न संसदीय समितिको गठन भएसँगै उनी सम्पर्कविहीन भएका हुन् । उनको मोबाइल निरन्तर स्वीच्ड अफ छ । उनी भागेर भारतको कुनै स्थान वा दुबइ पुगेको अनुमान गरिएको छ ।

समितिमा घिमिरेलाई पनि बयानका लागि बोलाउने विषयमा छलफल भएको थियो । तर, उनी सम्पर्कमा नरहेको बुझिएपछि थप खोजिनीति नगरिएको स्रोतले बतायो । यदि विदेशमा रहेको भए इन्टरपोलमार्फत पक्राउ गरेर ल्याउन सकिने विकल्प हुँदाहुँदै समितिले बेवास्ता गरेको छ । अर्घाखाँचीका बासिन्दा रघुनाथ घिमिरे घिमिरे नेपाल सरकारका पूर्वनासु हुन्, जसले लामो समय विभिन्न मालदार अड्डाहरुमा काम गरेका थिए । २०७५ साल फागुन १ गते अर्थ मन्त्रालयको जागिर छाडेर घिमिरेले सानेपामा चौधरी ग्रुपको नियुक्ति लिएको समाचारहरुमा जनाइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्