शुक्रबार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा शुक्रबार ९ सय १२ जनामा कोरोना संक्रमण पष्टी भएको छ । ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरि शुक्रबार १ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्