बुधबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९६ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन बुधबार (आज) २ सयले बढेर ९७ हजार १ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको भने १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रहेको छ भने मंगलबार यसको मूल्य ९६ हजार ४ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्