एमालेका सांसद अधिकारी भन्छन् – ‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताएका हुन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । सोही दलका सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्