खुल्यो एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को योजना साउन ३१ गतेसम्म आवेदन दिन सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री खुला गरेको छ । कम्पनीले साउन २६ गते बिहीबारदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड योजना बिक्री खुला गरेको हो । कम्पनीले कुल १२ करोड इकाई बिक्री खुला गरेको हो ।

जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलको उक्त इकाईमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्