सर्लाहीमा दुई हजार नयाँ उद्योग दर्ता, दुई करोड ९१ हजार राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८र७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।

आव २०७८र७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्र किशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७र७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए । आव २०७७र७८ मा आव २०७८र७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए ।

सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए । आव २०७८र७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट दुई करोड ९१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आव २०७८र७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्