अध्यक्ष ओलीद्धारा प्रधानमन्त्रीलाई प्रश्न -‘तपाईकै जिल्लासँग जोडिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ?’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालगाएत गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग बारेमा बोल्न नसकेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।

अध्यक्ष ओलीले भने, शेरवहादुरजीलाई म सोध्न चाहान्छु तपाईकै प्रदेशको, तपाईकै जिल्लासँग जोडिएको दार्चुलाको नक्सामा हामीले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ?  नेपालको हो कि होइन ? बोल्ने हिम्मत छ ? आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ रु अस्ति भारत जाँदा पनि चुइक्क बोल्नुभएन । माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नुहुन्न ।’ ‘उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई भारत भ्रमणमा बोलाएन भनेर छटपटी भएको छ’ ।

गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो भन्न समेत डराएको टिप्पणी गरेका छन् । भारत रिसाउँछ भनेर गठबन्धन दलका नेताहरु आफ्नो भूमि नेपालको हो भन्न डराइरहेको ओलीको दाबी छ । अध्यक्ष ओलीले गुमेको भूभाग समेटेर नक्सा छाप्दा समेत भारत आफूसँग रिसाएको बताएका छन् । उनले नेपालले आफ्नो भूमि दाबी गर्दा रिसाउन आवश्यक नरहेको बताएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्