इस्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन, ढीलोमा असोज ५ गतेसम्म दिन पाइन्छ आवेदन ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ निष्कासन गरेको छ । कम्पनीले भदौ ७ गते आजबाट १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीयले छिटोमा भदौ २१ गतेसम्म र ढीलोमा असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्