प्रतिलिटर ६ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । भारतबाट मूल्य वृद्धि भएर आएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । यो सँगै अब प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७८  रुपैयाँ पर्नेछ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । बिहीबार आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएसँगै बिहीबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसभन्दा अघि आईओसीबाट तीन-तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाएको थिएन । तर, यसपटक भने निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेरको छ ।

मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्