पन्ध्र लाख श्रीलंकालीलाई तत्काल खाद्य सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले चरम खाद्यान्न अभाव झेलिरहेका १५ लाख श्रीलंकालीलाई तत्काल खाद्य सहयोग आवश्यक भएको बताएको छ ।

अकल्पनीय आर्थिक सङ्कट सामना गरिरहेको टापु मुलुकका हरेक १० जनामा तीन जना खाद्य असुरक्षाको मारमा परेको भन्दै उक्त संस्थाले गर्भवती र स्तनपान गराउने आमाहरू सबैभन्दा बढी प्रभावित भएका बताएको छ । डब्ल्युएफपीले आज एक विज्ञप्ति निकालेर करिब ६३ लाख सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्नुपर्ने परिस्थिति उत्पन्न भएको पनि बताएको छ ।

डब्ल्युएफपीले देशका बालबालिकालाई विद्यालय भोजन कार्यक्रममा समावेश गर्ने योजना बनाइएको पनि जनाएको छ । औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुको अभावले पिरोलिएका श्रीलङ्कालीलाई विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सरकारले खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्