रास्वपाको सचिवालय बैठक बस्दै, बुधबार नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक  बुधबार बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक (आज) बुधबार बस्ने बताएका हुन् ।

रावलका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले बुधबार शपथ लिने कार्यक्रम छ । सहप्रवक्ता रावलले भने, ‘साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ ।’

त्यस्तै, महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रमसमेत रहेको सहप्रवक्ता रावलले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्