पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ प्रयोगमा रोक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै  पशुपति क्षेत्रमा मदिरा, मासु र नशालु पदार्थमा प्रतिबन्ध लगाएको हो ।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै (आज) बिहीबारदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थको प्रयोगमा रोक लगाएको हो । पाशुपती क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरेको छ ।

त्यस्तै,  निषेधाज्ञाको लागू नगरी सूचनाको कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्