नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको शुक्रबारको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरेको हो ।

उक्त समीक्षामा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५ .५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखेको छ । बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरलाई २०८० पुससम्मका लागि स्रोतका रुपमासमेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेको छ । सो पश्चात् उक्त डिबेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि स्रोतका रुपमा गणना गर्न पाउने व्यवस्था मिलाउने व्यवस्था गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्