शुक्रबारको मौसम पूर्वानुमान, तराईमा बिहानैदेखि हुस्सु, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । तराईका थोरै स्थानमा बिहानैदेखि हुस्स र कुहिरो लागेको छ।

त्यस्तै, महाशाखाका अनुसार (आज) शुक्रबार कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ । कोशीको पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।

देशभर तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेको हुदाँ सबैलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्