त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । विमानस्थल भन्सार र प्रहरीले उनीहरूलाई बिहीबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिएका छन् । बिहीबार राति ११स्४० बजे फ्लाइ दुबई एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान ९१४ किलो० सुनसहित पक्राउ गरेको थियो ।

उनको प्रारम्भिक बयानमा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरेको भन्सार ‍प्रमुख पाण्डेले जनाएका छन् । पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाएको भन्सार प्रमुख पाण्डेले जानकारी दिएका हुन् ।

यस्तै, कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने उनले बताएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्