शेरबहादुर देउवाद्धारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा छन् । जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ ।

यस्तै, कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाएका छन् । प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्