शिक्षक र विद्यार्थीद्धारा विद्यालयको बाँझो जमिनमा तोरी खेती !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-१९ मा स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरेका छन् । विद्यालयको करिब तीन बिघा जमिनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरेका हुन् ।

अहिले विद्यालय ओरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ । विद्यायलको जग्गा संरक्षणसँगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरेको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताएकी छिन् । यस विद्यालयमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान कार्यक्रम समेत सञ्चालनमा छ । उनले भनिन्, ‘विद्यालयमा सिकाइ र कमाइ कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमको खाकाले हामीलाई पनि हौसला प्रदान गर्यो । उनले अनुसन्धान कार्यक्रम बाहेक रहेको जमिनमा विद्यालयले नै खेती गर्ने व्यवस्थापन समितिको निर्णयपछि तोरी खेती गरेको बताएकी छिन् । उनले भनिन्, ‘झाडीमा परिणत भएको विद्यालयको जमिन ढकमक्क छ । यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको साथ छ ।’

विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताएकी छिन् । कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गरेकी छिन् । प्रधानाध्यापक रिजालले विद्यालयले गरेको प्रयासमा समुदायको पनि साथ रहेको बताएकी छिन् । उनले भनिन्, ‘स्थानियले भैसी बाख्रा चराउने ठाउँ हो तर हामीले खनजोत गरेपछि उनीहरु सबैले राम्रो गरेको छ भन्दै सहयोग गर्न आउँछन् ।’ खेतीले विद्यालयलाई समुदायसंग जोड्ने सेतुको रुपमा काम गरेको अनुभव भएको उनले बताएकी छिन् ।

विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी पाँच वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाएको बताएका छन् । उनले सिचाइँको समेत तयारी गरेको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसंग अनुरोध गरेको जानकारी दिएका छन् । उनले भने, ‘विद्यालयलाई यो कार्यक्रम मार्फत नमूना विद्यालयको रुपमा अघि बढाउने योजना छ । विद्यार्थीलाई सिकाइसंग र अभिभावकलाई विद्यालयसँग जोड्ने यो महत्वपूर्ण छ ।’

जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले विद्यालयमा सिकाइने व्यवहारिक शिक्षाले हरेक घरपरिवार खुसी  हुने शिक्षक ढकालले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्