एनएमबि बैंकद्धारा अन्तर्राष्ट्रिय विमानस्थलमा थप एटीएम सेवा सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय विमानस्थलमा थप एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडान स्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

त्यस्तै, कम्पनीले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ६६ वटा एटीएमहरू, १२ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्