नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तत्काल १० कित्ते नीतिमा परिवर्तन नगर्ने भएको छ । नबिल स्टक डिलर लिमिटेडको उद्घाटनमा (आज) शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोल्दै १० कित्ते नीतिमा परिवर्तन नहुने बताएका हुन् ।

उनका अनुसार अहिले अध्ययनको लागि समिति बनेको छ । उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने उनको भनाई छ । धितोपत्र बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् ।

यस्तै, समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । सो अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्