एनएमबि बैंकले आह्वान गर्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनएमबि बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २६ गतेका लागि आह्वान गरेको  हो ।

सो सभा राष्ट्रिय सभागृह काठमाडौँमा बिहान १० बजे हुने भएको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९-८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०-८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बैंकले सभा प्रयोजनका लागि पुस ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्