मंगलबारको मौसम: तराईका थोरै स्थानमा हुस्सु र कुहिरो, हिमाली भु-भागमा हिमपात

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने हिमाली भु-भागका केहि स्थानमा हल्का हिमपात परेको छ । मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, देशको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैलाईआग्रह गरेको छ । आज सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्