यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ परेका छन् । लिखुतामाकोशी गाउँपालिका -७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरेको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताएका छन् ।

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरी रहेको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्