त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रिया अघि बढेको छ । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको हो ।

उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको हो । आफूहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताएका छन् ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका थिए । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार ७ सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४ सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

यस्तै, निवेदन दिएकामध्ये स्नातक तहतर्फ ८ हजार ९८, स्नातकोत्तर तहतर्फ ४ हजार १ सय ४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ १ सय १२ विद्यार्थी दीक्षित भएका थिए । गत वर्ष १० हजार ३ सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्