सोमबारको मौसम पूर्वानुमान: देशका अधिकांश भू-भागको मौसम सफा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार देशका अधिकांश भू-भागको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको हो ।

अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ । सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । साथै, बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्