सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन १३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ४५ हजार ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ४० हजार ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२७७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्