दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका-३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको छ । विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो ।

रणवीर टमटाको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन् । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्