हङ्कङको भ्रमणबाट स्वदेश फर्किए अध्यक्ष राजेन्द्र लिङ्देन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । उनी साताव्यापी हङ्कङको भ्रमण पूरा गरि शुक्रबार बिहान स्वदेश फर्किएका हुन ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए । गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्