प्रहरीद्धारा ४० हजार गाँजाको बिरुवा नष्ट !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चालिस हजार गाँजाको बिरुवा नष्ट गरिएको छ । महोत्तरीको एकडारा गाउँपालिका-५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाएको उक्त बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सुचना पाएको जनाएका छन् ।

उक्त सुचनाका आधारमा २५ जना प्रहरी टोली खटेर गाँजाको बिरुवा उखेले नष्ट गरेका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्