उच्च अदालतद्धारा ट्रेडमार्क नक्कल गर्ने करेन्ट चाउचाउको बिक्री वितरणमा रोक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

कम्पनीले उत्पादित करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने र्यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको कम्पनीको दाबी छ । यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरि उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो ।

यस्तै, चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो । यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्नसमेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।

अदालतको यस आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । बजारमा पठाएका उक्त चाउचाउ यथावत रुपमा बिक्री वितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्