आइतबार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्