बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही  गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको (आज) सोमबारको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाएका छन् । उनले भने, ‘उक्त घटना अनपेक्षित र दु:खद् घटना हो । दोषीलाई कारबाही हुन्छ । यसप्रकारका घटना नदोहारिन सरकार तयार र थप जिम्मेवार छ । आयोगले विस्तृत अनुसन्धान गर्नेछ । आयोगको सिफारिस कार्यान्वयन गरिनेछ ।’

यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताएका छन् । उनले भने, ‘मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने प्रारम्भिक निर्णय हो । इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ ।’ मृतकका परिवारलाई योग्यता अनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्