नेपालमा अहिलेको अवस्थामा राजतन्त्रको बहस सम्भव छैन: अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजतन्त्रको बहस नेपालमा सम्भव नभएको बताएका छन् । नेपाली कांग्रेसको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाली जनता चुसेर गरिब बनाउने सैद्धान्तिक वैचारिक कुनै हिसाबले राजतन्त्र सम्भव नभएको बताएका छन् । उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘एकताको कुरा गर्नु भएको राम्रो हो । लोकतन्त्र भनेको प्रतिस्पर्धाको प्रणाली हो । यो स्वास्थ्य हुनुपर्छ । हाम्रो कपाल यतिकै फुलेको छैन हामी राजतन्त्र र तानाशाहि आउन दिदैनौैँ ।’

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्